लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, तीन सदस्य पनि नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.दडिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।आज बसेको मन्त्री परिषद बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिएका छन् । अर्याल गुल्मीस्थित मालिका गाउँपालिका–८ का हुन् ।

यस्तै बैठकले तीन सदस्य समेत नियुक्त गरेको छ । सदस्यहरूमा रोल्पाका डा. सुदनकुमार वली, दाङका भुवन चौधरी र रुपन्देहीका शान्ता देवि ढकाल नियुक्त भएको मन्त्री न्यौपानेले जानकारी दिए । यस्तै मन्त्री परिषद बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र स्थानान्तरणका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यो पालिकाको केन्द्र पालिकाको वडा नम्बर–४ स्थित चिराघाट भन्ने स्थानमा कायम छ। यो स्थान बाट स्थानान्तरण गरि जुम्लेकुलामा केन्द्र तोक्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास भएको थियो । यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds