सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिमरूप दिएसँगै हस्ताक्षर भएको हो ।

समितिका सातैजना सदस्यले हस्ताक्षर गरेका छन् । आइतबार नै लगभग प्रतिवेदन तयार भएको भनिएको थियो र सोमबार फस्ट आवरमै हस्ताक्षर गर्ने तयारी थियो । समितिका सदस्यहरू १० बजे नै सिंहदरबारस्थिति समितिको सचिवालयमा आएका थिए । तर, अन्तिम रुप दिने क्रममा मतभेद भएको थियो ।

सोमबार बसेको बैठकबाट हस्ताक्षर भएसँगै प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds