निजी अस्पतालले भने- ‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

काठमाडौँ । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् ।

निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । देशभरि नै निषेधाज्ञा र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । ‘सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after