पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

  • केन्द्रीय कार्यालयमा ताला

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

५२ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनीहरुले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पार्ने र तत्कालै राजीनामा स्वीकृत गरेर उनकै हस्ताक्षरसहितको नामावली प्रकाशित गरेर ठुलो प्रश्न चिन्ह खडा गरिएको बताएका छन् ।

शाखा अध्यक्षहरूले पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएकाहरूको नाम हेर्दा महासङ्घ केन्द्र आफैँले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरीत रहेको आरोप समेत लगाएका छन् । महासंघको निर्वाचन असाेज १२ गतेका लागि तोकिएको छ ।

विवादकैबीच महासंघको केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी भएको छ । महासंघले निर्वाचन कार्यतालिका अनुसार २९ गते साँझ प्रकाशित गरेको नामावलीमा गैर पत्रकारहरुको नाम समावेश गरिएको भन्दै नेपाल प्रेस युनियन जुम्ला शाखाका अध्यक्ष प्रकाश उपाध्यायले हिजो ताला लगाएका हुन् ।

क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गरी महासंघको निर्वाचनलाई मर्यादित बनाउन माग गर्दै उनले ताला लगाएका हुन् । सदस्यता वितरण एकलौटी ढंगले वितरण गरेको भन्दै गैर पत्रकारको सदस्यता खारेजीको समेत माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० युवती विमानस्थलबाट फर्काइए

काठमाडाैं । शंकास्पद रूपमा भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० जना युवतीलाई त्रिभुवन …

प्रतिकृया दिनुहॊस