मनॊरञ्जन

मेरो सपना तपाईको हातमाःप्रबिन बेडवाल

उनी विशेष गरी शास्त्रीय संगीतमा दख्खल राख्दछन् । रंगमञ्चमा स्वरसम्राट नारायण गोपालका गीत उनका प्रस्तुती बनेका छन् । गीत संगीतप्रति रुची राख्ने सुमधुर स्वर भएकाहरुले उनै स्वर सम्राटको उपमा पाउने गरेका छन् । ती मध्येका एक हुन बर्दियाको राजापुरका प्रबिन बेडवाल । एपि वन टेलिभिजनद्वारा प्रसारित रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा उनले पनि स्वर सम्राटकै उपमा पाए ।प्रतिस्पर्धामा गायन मार्फत दर्शक र श्रोताको मनजित्न सफल बेडवाल अब्बल प्रस्तुतीकै कारण …

पुरा पढ्नुहॊस »

अस्मिता अधिकारीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक नेत्र भण्डारीको स्वर रहेको नयाँ गीत ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । सार्वजनिक भएको  गीतको भिडियोमा सागर लम्साल ‘बले’, मञ्जिल बस्नेत, प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको छ । सुनिल बिसीको शब्द रहेको गीतमा राजिव समरको निर्देशन र कोरियोग्राफी रहेको छ ।

पुरा पढ्नुहॊस »

‘जाने बेला’ मा शिल्पाको अभिनयको चर्चा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका …

पुरा पढ्नुहॊस »

चलचित्र ‘डार्क मुन’ सार्वजनिक

काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ ।  रामजी ज्ञवालीको निर्देशनमा तयार भएको चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको अभिनय   देख्न सकिन्छ । सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन्  भने कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको छन् ।

पुरा पढ्नुहॊस »

जन्मदिनमा भावुक हुदै दीपाश्रीले भनिन्- ‘माफी दिनुस्, अब गल्ति गर्दिन’

काठमाडौँ । कलाकार दीपाश्री निरौला गएको महिना एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवादमा परेको विषयमा आफैले स्पष्ट गरेकी छन् । अन्तर्वार्ता विवादमा परेपछि दीपाले आफुले तीन गल्ति गरेको बताउदै माफी मागेकी छन् । दीपाले आफ्नी जन्मदिन पारेर आफ्ना फ्यानहरुसँग आफ्नो गल्ति स्वीकार गर्दै अब यस्ता गल्ति नगर्ने प्रण समेत गरेकी छन् । उक्त अन्तर्वार्तामा आफूबाट तीनवटा घरमा विवाहको माहोल चलिरहँदा विना तयारी अन्तर्वार्तामा जानु, अन्तर्वार्तामा घिचिला पेचिला प्रश्नका कारण …

पुरा पढ्नुहॊस »

गायिका कला लम्सालको तीज गीत ‘पातली २’

गायिका कला लम्सालले तीज गीत ‘पातली २’ सार्वजनिक गरेकी छिन् । गीतमा शिव हमालको लय तथा शब्द रहेको छ । सार्वजनिक ‘ऐना हेरी हेरी मनको धोको नफेरी’ बोलको   गीतको भिडियोमा कला लम्साल र दीपासा बीसीको अभिनय देख्न सकिन्छ । यो वर्षको तीज पर्वलाई लिक्षत गरी नयाँ र विशेष गीतको रुपमा ‘पातली २’ सार्वजनिक गरिएको गायिका लम्सालले बताएकी छिन् ।

पुरा पढ्नुहॊस »

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ उनीहरु  कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिए  पछि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए।

पुरा पढ्नुहॊस »

माफी मागे प्रकाश सुवेदीले

काठमाडौं ।  संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका  छन् ।  केहि दिन अगाडि एक टेलिभिजनमा सुवेदीले आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टभ्र्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भन्दै आफ्नो कार्यक्रममा व्यङ्ग गरेका थिए  ।  सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर व्यङ्ग गरेको   भन्दै  चर्को आलोचना भएको थियो ।  यता नायिका पूजा शर्माले  पत्रकार …

पुरा पढ्नुहॊस »

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना पुष्टि

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ । अमेरिकामा बस्दै आएका प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन् । लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराए । महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन् । उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन …

पुरा पढ्नुहॊस »

“के माया लाग्छ र” टिमको अर्को प्रतिक्षित प्रस्तुति म्युजिकल फिल्म “तिनपाते” सार्वजनिक

काठमाडौं । आर्टमाण्डु मिडिया विगतका दिनहरु देखि नै मौलिक नेपाली परिवेश, चाहना अनि जनजीवनका साथ आधूनिक नेपालका शालिन अनि सभ्य परिवेशका सञ्चार र मनोरञ्जन सामाग्री उत्पादनका लागि उन्मुख उत्पादन केन्द्र हो । पछिल्लो समयमा नेपाली जनजिब्रोमा चर्चित अनि लोकप्रीय गीत (के माया लाग्छ र) आर्टमाण्डुकै अथक प्रयास, जाँगर अनि नवप्रवर्तनको उपज हो, यस गीतले यूट्यूवमा ९० लाख हाराहारीमा भ्यू पाइसकेको छ । नेपाली गीत अनि म्यूजीक भिडियोको संस्करणहरुमा पछिल्लो समयमा …

पुरा पढ्नुहॊस »
This will auto close after