हाँस्य कलाकार पल्पसा डंगोलको दुबैवटा किड्नी फेल

काठमाडाै । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको गत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् ।

एक महिना अगाडि निकै गाह्रो भएपछि उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् । किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी निकै आत्तिएकी थिइन् । यसपछि उनी अस्वस्थ रहेको खबर बाहिर आएकाे हो ।

उनी तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस