काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गाेलले उद्घाटन गरेकी हुन् । महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले सहयोग पुर्याउने जनाएको छ। साथै, उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण तथा खाद्य व्यवसायमा गुणस्तर कायम गर्न प्रयोगशालाको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरिएको छ। तस्विरहरू : सक्षम घिमिरे

तपाईंको प्रतिकृया



