मनॊरञ्जन

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ले बनायो यस्तो रेकर्ड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ले रेकर्ड बनाएको छ । फिल्मले छोटो समयमै बढी भ्युज पाउने रेकर्ड बनाएको हो । रिलिजको केही दिनमै फिल्मलाई डिज्ने प्लस हटस्टारबाट जुलाई २४ मा सार्वजनिक गरिएको थियो । प्रिमियर भएको २४ घण्टामै ९ करोड ५० लाखले फिल्म हेरेको भारतीय मिडियाहरुले जनाएका छन् । उनीहरुका अनुसार डिज्ने प्लस हटस्टारमा फिल्मले हालसम्मकै भ्युअरसिप रेकर्ड तोडेको छ । फिल्ममा सुशान्तका अलावा अभिनेत्री …

पुरा पढ्नुहॊस »

गायिका ईश्वरी बरालको हरेक रात सपनीमा हुन्छु तिम्रै रानी

काठमाडौं । ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ ।  गायिका बराल र रचनाकार क्षितिज समर्पण ( रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा …

पुरा पढ्नुहॊस »

केकी र पुष्पको मायाको घर बसाउने कुरो [भिडियोसहित]

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ । गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । उनीहरुको अभिनयमा मायाको …

पुरा पढ्नुहॊस »

साम्राज्ञी विरुद्ध भूवन केसीले गरे मुद्दा दायर

काठमाडौं ।  नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाण्डौमा  मुद्दा दर्ता गरेका छन्। केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । साम्राज्ञीले केहि समय अगाडि भुवन केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। भुवनले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै साम्राज्ञीलाई कारबाही गर्न माग गरेका छन्।

पुरा पढ्नुहॊस »

गायिका पूजा क्षेत्रीको तिज गीत ‘के मा चित्त दुख्यो माया लै’ सार्वजनिक

काठमाडौं । गायिका पूजा क्षेत्री र गायक राजु परियारको आवाजमा तयार पारिएको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ बजारमा आएको छ । गीतमा शिव हमालको लय तथा शब्द रहेको छ ।गीतको भिडियोमा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । [youtube https://www.youtube.com/watch?v=qA2S_soCzgQ] गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका छन् ।

पुरा पढ्नुहॊस »

महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाइको निधन भएको छ । हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् । Good Bye dear Kaku… May you always find peace Gepostet von Rajesh Hamal …

पुरा पढ्नुहॊस »

वैवाहिक जीवनबाट अलग भए नायक सुधांशु र नायिका उषा

काठमाण्डौ। ३ बर्ष अगाडि  वैवाहिक  जीवनमा   बाँधिएका नायिका  उषा पौडेल र नायक सुधांशु जोशीको वैवाहिक जीवनमा पूर्ण विरमा लागेको छ । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग-अलग बस्दै आएका छन् । उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरु वैवाहिक जीवनमा पूर्ण विरमा लागेको   हो ।

पुरा पढ्नुहॊस »

साराको घरसम्म पुग्यो कोरोना, कस्को रिपोर्ट आयो पोजेटिभ ?

काठमाडौं । छिमेकी मुलुक भारतको मुम्बईमा पछिल्लो समय कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन र अनुपम खेरपछि अभिनेत्री सारा अलि खानको घरमा समेत कोरोना आइपुगेको हो । साराले हालै यसबारे खुलासा गरेको अमर उजालाले उल्लेख गरेको छ । समाचार अनुसार साराले आफ्ना ड्राइभरमा कोरोना पोजेटिभ देखिएको बताएकी छिन् । साराले सोमबार राति इन्स्टाग्राममा यस कुराको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘म तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु कि, …

पुरा पढ्नुहॊस »

गायक आशिष सचिनको नयाँ गीत गलबन्दी पछ्यौरी

काठमाडौं ।   गायक आशिष सचिन र गायिका मेलिना राइको आवाजमा समावेश ‘गलबन्दी पछ्यौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत छ भने भिडियो निर्देशक सुब्रतराज आचार्यले गरेका छन्  । गीतको भिडियोमा गायक आशिष सचिन, अभिनेत्री वर्षा राउत, कलाकार रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराईले अभिनय गरेका छन् । त्यसैगरि भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन …

पुरा पढ्नुहॊस »

प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक  प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द तथा संगीत छ  भने भिडियो निर्देशन निपेन्द्र बाबुले गरेका छन् । सार्वजनिक  भएको गीतको भिडियोमा प्रकाश सपुत, विराज थापा, किरण मगरको अभिनय  रहेको छ । [youtube https://www.youtube.com/watch?v=1RAx6TBWSTg]

पुरा पढ्नुहॊस »