नायिका जेनी कुँवर अपार्टमेन्टमा मृत भेटिइन्

काठमाडौँ । नायिका जेनी कुँवर काठमाडौँको थापा गाउँस्थित एक अपार्टमेन्टमा मृत भेटिएकी छन् । थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनी बिहीबार राति ९ बजे मृत भेटिएकी हुन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी रमेश थापाका अनुसार ४६ वर्षिया कुँवरले उक्त अपार्टमेन्टको फ्ल्याटमा आत्महत्या गरेकी हुन् । सुरुवाती अनुसन्धानमा कुँवरले आत्महत्या गरेको पुष्टि भएको डिएसपी थापाले बताए । थापाका अनुसार जेनीको शवसँगै सुसाइट नोट पनि भेटिएको छ । उक्त नोटमा उनले आफू ‘डिप्रेसनमा परेको’ उल्लेख गरेकी छन् ।

उनी विगत १ वर्षदेखि डिप्रेशनमा रहेको बताइन्छ । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो ।

जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । जेनीले चलचित्र ‘जिन्दगानी’बाट अभिनय करिअर सुरु गरेकी थिइन् । ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’लगायत दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी उनी केही वर्षयता भने अभिनयमा सक्रिय थिइनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस