मनॊरञ्जन

अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी ।  बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको  हो । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

पुरा पढ्नुहॊस »

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

काठमाडौँ । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । मेट्रो अस्पतालमा  उपचाररत  छेतनको  बुधबार बिहान २ बजे  ंमृत्यु भएको   हो  । ४२ बर्षका गुरूङ लिभर समस्या देखिएपछि उनलाई २ दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । गुरुङले चलचित्र क्लासिक, डायरी  र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा रहेको  छ …

पुरा पढ्नुहॊस »

गायिका समिक्षा अधिकारीको ‘बाँचेको छु धन्न’

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक विक्रम परियारको स्वर रहेको नयाँ गीत  ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको  गीतको भिडियोमा गौरव पहारी र आशा खड्काको अभिनय रहेको छ । देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन  रहेको छ ।

पुरा पढ्नुहॊस »

नायिका मलाइकालाई पनि कोरोना संक्रमण

एजेन्सी ।  नायिका  मलाइका अरोरा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मलाइकाका प्रेमी अर्जुन कपुरलेलाई कोरोना पोजिटिभ देखिएपछि नायिका  मलाइकाले  पनि  कोरोना  परीक्षण गर्दा  उनीमा कोरोना पोजेटिभ  देखिएको हो । मलाइका  अहिले   होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मलाकाको रियालिटी ‘शो इण्डियाज बेस्ट डान्सर’को  छायांकन बुधबारसम्मका लागि    रोकिएको   छ ।

पुरा पढ्नुहॊस »

‘मेरी मामु’निर्देशकको चलचित्रमा श्वेता खड्का अनुबन्धित

काठमाडौँ।  अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । ‘मेरी मामु’, ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । थापाले  चलचित्रको छायांकन असोजबाट सुरु गर्ने योजना बनाएका  छन् । अभिनेत्री श्वेता खड्काले चलचित्रमा काम नगरेको २ वर्षभन्दा  पनि बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् ।

पुरा पढ्नुहॊस »

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ ले रसियामा प्रथम पुरस्कार जितेको छ । रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा ‘सहायक श्रीमान’ ले प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले ‘सहायक श्रीमान’लाई फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै फिल्मलाई प्रथम पुरस्कार स्वरूप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे।

पुरा पढ्नुहॊस »

सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल

काठमाडौँ । तेस्रो नेपाल आइडलको उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार सम्पन्न गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा चौलागाईंलाई विजेता घोषणा गरिएको छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो । प्रतिस्पर्धाको ग्रान्ड फिनालेना सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै …

पुरा पढ्नुहॊस »

आमा बन्दै नायिका अनुष्का शर्मा

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली छिट्टै बाबु-आमा बन्ने भएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु बाबु-आमा बन्न लागेको बिहीबार ट्वीटर मार्फत  जानकारी गराएका छन् । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए ।

पुरा पढ्नुहॊस »

रितुले छाडेपछि मिलनका आँखा रसाए (भिडियोसहित)

काठमाडौं । कुसुम मिडिया क्रियशन प्रा.लि.ले  नयाँ प्रस्तुति सो रुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ ।  युवा गायक रुबेन अवालेको आवाजमा गीत  ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोशिकले निर्देशन गरेको गीतमा  प्रेम बियोगलाई  भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी  बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई …

पुरा पढ्नुहॊस »

मेरो सपना तपाईको हातमाःप्रबिन बेडवाल

उनी विशेष गरी शास्त्रीय संगीतमा दख्खल राख्दछन् । रंगमञ्चमा स्वरसम्राट नारायण गोपालका गीत उनका प्रस्तुती बनेका छन् । गीत संगीतप्रति रुची राख्ने सुमधुर स्वर भएकाहरुले उनै स्वर सम्राटको उपमा पाउने गरेका छन् । ती मध्येका एक हुन बर्दियाको राजापुरका प्रबिन बेडवाल । एपि वन टेलिभिजनद्वारा प्रसारित रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा उनले पनि स्वर सम्राटकै उपमा पाए ।प्रतिस्पर्धामा गायन मार्फत दर्शक र श्रोताको मनजित्न सफल बेडवाल अब्बल प्रस्तुतीकै कारण …

पुरा पढ्नुहॊस »