पूजा र श्वेताले मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्ने

काठमाडाै । असारकाे सुरुवातसँगै निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको विनाश भएको छ । ठूलाे क्षतिमध्ये सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण सबैभन्दा बढीलाइ प्रभावित बनाएकाे छ । यसबाट सयौं मानिस घरवार विहिन भएका छन् ।

मेलम्चीमा बाढीबाट प्रभावितहरुलाई सहयोग वितरण गर्नका लागि नेपाली चलचित्रका कलाकारहरु अग्रसर देखिएका छन् । नायिका पूजा शर्माले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने यारी गरेकाे फेसबूकमार्फत जानकारी गराएकी छिन् । सिन्धुपाल्चोक उनकाे जन्मथलाे पनि हाे । 

नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार नै सहयोग वितरण गर्न जाने तयारी गरेकी गरेकाे वताएकी छिन् । श्वेताले विभिन्न सहयोगीहरुको सँगै खाद्यान्न लिएर मेलम्ची जाने वताएकी हुन् । श्वेताले यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको अनि यसमा हातेमालो गर्न सबैसँग अपिल समेत गरेकी छिन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …