आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्धलाई ताेडे

एजेन्सी । बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान तथा किरण रावले १५ वर्षको बैवाहिक सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेका  हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ ।’

उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ । आमिर खानले यसअघि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो । आमिर र किरण रावले अलग हुँदै संयुक्त पत्र समेत लेखेका छन् ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस