उर्जा

Energy related news.

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

काठमाडाैं । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए। अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे।  दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार …

पुरा पढ्नुहॊस »

आँखुखोला जलविद्युत र प्राधिकरणबीच सम्झौता

काठमाडाैं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रोबीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) भएको छ । सम्झौताअनुसार ३८ मेगावाट क्षमताको आँखुखोला आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । योजनामा करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता सम्पन्न

काठमाडाैं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारो ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता …

पुरा पढ्नुहॊस »

विद्युत् आएपछि गाँउले खुशी

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका-५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गर्नु भएको थिएन । उहाँलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, …

पुरा पढ्नुहॊस »

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण राेकियाे

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिए।  नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने …

पुरा पढ्नुहॊस »

अठ्ठाइस हजार मेगावाटका लागि सर्वेक्षण लाइसेन्स

काठमाडाैं । सरकारले करिब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्वेक्षण लाइसेन्स जारी गरिसकेको छ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए। उनले भने, ‘२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्वेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट त निर्माणकै चरणमा छ।’ मुलुकका विभिन्न भागमा रहेका २२ वटा विद्युत् आयोजना निर्माणका लागि ग्लोबल आह्वान गरेकामा …

पुरा पढ्नुहॊस »

खोरुंगा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा

तेह्रथुम । तेह्रथुमको खोरुंगा खोलामा निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा भएको छ । २०७३ साल माघबाट निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह लगायत सबै संरचनाको काम काम भइरहेको तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार इवाखोला र खोरुङ्गा खोलामा आयोजनाको छुट्टा–छुट्टै बाँध निर्माण भइरहेको छ । आयोजनाको दुईमध्ये इवाखोलाको …

पुरा पढ्नुहॊस »

माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि

काठमाडौं । माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि शुरू हुने भएको छ । रसुवास्थित २ सय १६ मेगावाटकोे सो आयोजनाको निर्माण कार्य अघि बढाउन सबै तयारी पूरा भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पहिलो चरणमा आयोजनास्थल पुग्ने पहुँच मार्ग निर्माण गरी भौतिक संरचना विकासको काम शुरू गरिनेछ । उक्त आयोजना कोरियाली लगानीमा निर्माण हुनेछ । नेपालका लागि कोरियाली राजदूत योङ सिक पार्कले आयोजनाको पछिल्लो प्रगतिबारे ऊर्जामन्त्री वर्षमान पुनलाई …

पुरा पढ्नुहॊस »

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक भाेलीदेखि

काठमाडौं । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा …

पुरा पढ्नुहॊस »

कालीगण्डकी जलविद्युत केन्द्रको बृहत मर्मत

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २को बृहत मर्मत सुरु भएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको हो । भल्बबाट पानी चुहिने लगायतक समस्याबाट विद्युत गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत गृह हिउँदमा बन्द गर्नु पर्ने अवस्था आउन नदिन …

पुरा पढ्नुहॊस »