तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त आयोजना तल्लो सेती एक सय चालीस मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो ।
आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् ।
प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ ।
डिपिआर तयार गर्न एशियाली विकास बैंक (एडिबी) ले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । डिपिआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनीयरिङ तयार गर्नुपर्नेछ । बाइस करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस