उर्जा

Energy related news.

यूनाइटेड हाइड्रोले आइपीओ निश्कासन गर्ने

काठमाडौं।युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाईड्रोपावरले सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आइपीओ  निश्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर रु.१०० अंकित दरले सर्वसाधारण र आयोजना प्रभावितका लागि गरी निश्कासन गर्ने १० लाख ५० हजार कित्ताको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु आ.व विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य रहेको  छ ।

पुरा पढ्नुहॊस »

युनिभर्सल पावर कम्पनीले साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनीले  माघ २५ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन गर्न लागेको हो । स्थानीयको सेयर निष्कासनपछि दोस्रो चरणमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित ९३ लाख २७ हजा ४ सय १० (आयोजना प्रभावित स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १ सय ५० कित्तासहित) कित्ता सेयर बिक्री खुलाउन लागिएको कम्पनीले जनाएको छ …

पुरा पढ्नुहॊस »

दोर्दीखोलाको ८० प्रतिशत निर्माण पूरा

काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । दोर्दी खोलामा निर्माणाधीन आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको प्रगति एकसाथ भइरहेको हो । बाँध क्षेत्रमा अब आयोजनाको २७ सय ७० मिटर लामो मूल्य सुरुङको काम अन्तिम चरणमा पुगेको छ । अब  सुरुङ छेडिन  ५ सय मिटर बाँकी रहेको  हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताएका  छन्। आगामी चैतभित्र सुरुङ पूरा गर्ने लक्ष्य छ । आयोजनाको …

पुरा पढ्नुहॊस »

युनिभर्सल पावर कम्पनीको आइपिओ बिकेन, तीन पटक थपियो म्याद तर अवस्था उस्तै

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारसम्म मात्र हुने भएको छ । तर सो कम्पनीको शेयर हालसम्म मात्रे १३.८५ प्रतिशत मात्रै बिक्री भएको छ । आइतबार बैंकिङ समयपछि आईपीओ निष्कास बन्द हुने निष्कास तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई रु २१ करोड बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गरेको हो । अझै कम्पनीको ८६.४३ प्रतिशत बराबरको शेयर बिक्री …

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पो २०१९ आजदेखि

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन आज  उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एक ठाँउमा भेला गर्ने उद्देश्यले आयोजना हुन लागेको इभेन्ट सोलुसनले वताएको छ । काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो …

पुरा पढ्नुहॊस »

अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले आगामी फागुन भरीमा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । नेपाल धितोपत्र बोर्डले …

पुरा पढ्नुहॊस »

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले हिमालयन हाइड्रो एक्पोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकार र निजी क्षेत्रले सक्रियताका साथ काम गर्ने हो भने आगामी १० वर्षमा नेपालको ऊर्जा क्षेत्रले गुणात्मक …

पुरा पढ्नुहॊस »

जोशी हाइड्रोपावरको ३७ लाख कित्ता आईपीओ सूचिकृत

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको नेप्सेले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विद्यालयमा दुई किलोवाटको सौर्य ऊर्जा जडान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो । विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए । शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख …

पुरा पढ्नुहॊस »

आगलागीबाट बन्द भएको त्रिशूली विद्युतगृह साँझसम्म सञ्चालन हुने

काठमाडाैँ । बुधबार आगलागी भएकाे नुवाकाेटस्थित २४ मेगावाटकाे त्रिशूली जलविद्युत केन्द्र बिहीबार साँझबाट सुचारु गरिने भएकाे छ । अागलागीबाट क्षति पुगेका उपकरण मर्मत गरेर विद्युत उत्पादन सुचारु गर्न लागिएकाे हाे । बुधबार साँझ विद्युतगृहमा जडान भएको ब्रेकरबाट आगो निस्किएर सबैतिर फैलिँदा आगलागी   भएकाे थियाे । ब्रेकरसहित विद्युतगृहका अन्य उपकरणमा पनि आगोले क्षति पुर्याएको छ । आगलागी सुरु भएको करिब २ घन्टापछि नियन्त्रणमा  लिइएकाे थियाे । १४ मेगावाटको देवीघाटको पनि उत्पादन प्रभावित …

पुरा पढ्नुहॊस »