प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ खोला जलविद्युत् सो आयोजनाको क्षमता ३.५२ मेगावाट रहेको छ ।

आयोजनाको कूल लागत रु ६३ करोड रहेको छ । सो आजोजनाबाट उत्पादित विद्युत् माथिल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको स्वीचयार्डसम्म ३३ केभी प्रसारण लाइन र त्यसपछि १३२ केभी प्रसारण लाइनमार्फत सङ्खुवासभाको शीतलपाटीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने २२० केभी क्षमताको सवस्टेशनमा जोडिने छ ।

आयोजनाले विसं २०७९ फागुन ३० गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्नेछ । सम्झौताअनुसार वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । नेपालको जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तासमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म तीन हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको भन्दै लगानीको लागि क्यानडाका लगानीकर्तासँग इप्पानले आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस