काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरु क्रमशः बारा जिल्लाको प्रसौनीमा र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।
तपाईंको प्रतिकृया



