काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मुल्य बढाएकाे छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाएकाे वताएकाे छ । भारतबाटै पेट्राेलियम पदार्थकाे भाउ बढेर अाएकाे भन्दै स्वचालित मुल्य प्रणालीकाे अाधारमा निगमले मुल्य बढाएकाे जानकारी दिएकाे छ ।
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुग्ने भएकाे छ । बुधबार राति १२ बजेदेखि नयाँ मुल्य लागू हुने छ । यसअघि पेट्राेल, डीजेल र मट्टीतेलकाे प्रतिलिटर मुल्य क्रमशः १०८, ९० र ९० रूपैयाँ थियाे ।
तपाईंको प्रतिकृया




