काठमाडौं । नबिल बैंकले आफ्नो ५ नयाँ शाखाहरु स्थानीय तहमा स्थापना गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ ।
व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धता अनुरुप बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।
तपाईंको प्रतिकृया




