काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत १ देखि सुरु भएको कम्पनीले जनाएको छ । चैत १८ सम्म रहने सो अफरमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीको भनाइ छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । …
पुरा पढ्नुहॊस »सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प, अन्य के-के अफर ?
काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प घोषणा गरेको छ। क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नुपरेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ। क्याम्पमा कुनै मर्मत सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ। यसबाहेक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा १०.६२ अङ्कको गिरावट
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ …
पुरा पढ्नुहॊस »सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य …
पुरा पढ्नुहॊस »घट्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ त ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।
पुरा पढ्नुहॊस »शिवशंकर इनभेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने
काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको …
पुरा पढ्नुहॊस »लिंकन युनिभर्सिटी कलेजको ‘दीक्षान्त समारोह २०२४’ वैशाख १५ मा हुने
काठमाडौँ । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपालको ‘दीक्षान्त समारोह २०२४’ हुने भएको छ । वैशाख १५ गते शनिवार (April 27, 2024)- गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा उक्त समारोह हुने भएको हो । कलेजका अनुसार मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १६०० विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिनेछन् । लिंकन युनिभर्सिटीको सम्बन्धनमा नेपालभर सञ्चालन ११ वटा शैक्षिक संस्थाहरूका छन् । लिंकन युनिभर्सिटी, फाइभ स्टार …
पुरा पढ्नुहॊस »सुनको मूल्यमा उतार चढाव, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो । आज सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »एनएनआइपिए अवार्डलाई केडिया ग्रुपको साथ
काठमाडौँ । एनएनआइपिए स्पोर्ट्स अवार्डको १८ औँ संस्करणले केडिया ग्रुपको साथ पाएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुँदै आएको अवार्डमा केडिया ग्रुप प्रायोजकको रूपमा भित्रिएको हो । यस संस्करणको अवार्ड आगामी चैत १२ गते ललितपुरमा हुँदैछ । खेलाडी संघले आगामी तीन वर्षका लागि केडिया ग्रुपको साथ पाएको छ । बिहीवार एक कार्यक्रमबिच केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र आयोजक एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर …
पुरा पढ्नुहॊस »