आर्थिक

शौर्य सिमेन्टद्वारा ‘मिथिला लोक चित्रकला प्रतियोगिता’ आयोजना

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ आयोजना गरेको छ। कम्पनीले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु गरेको यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्ने छन्। प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुने छ। पहिलो चरणमा सहभागी महिलाहरूले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन …

पुरा पढ्नुहॊस »

रोयल इन्फिल्डको भिडिओ बनाएबापत तीन टिकटकरले पाए पुरस्कार

काठमाडौं । रोयल इन्फिल्डको भिडिओ बनाउने ३ जना टिकटकरलाई कम्पनीले पुरस्कार वितरण गरेको छ। नक्साल नारायणचौरमा एक कार्यक्रम गरी रोयल इन्फिल्ड हन्टरको उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार वितरण गरिएको हो। रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फाअटोमोटिभस्ले नयाँ हन्टर ३५० सार्वजनिकसँगै टिकटक च्यालेञ्ज कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीमध्ये पदम लामाले उत्कृष्ट टिकटक बनाएका छन्। रोयल इन्फिल्डले टिकटक इन्फुलेन्सर पदम लामालाई १ लाख पुरस्कार वितरण गरेको छ। त्यस्तै दोस्रो पुरस्कारको रुपमा स्मिता घिमिरेलाई …

पुरा पढ्नुहॊस »

‘सीजी घरमा, न्यानो मनमा’

काठमाडौं । इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामग्रीहरू बजारमा ल्याएको छ। ‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पीटीसी फ्यान हिटर, ओएफआर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरी उपलब्ध गराएको छ। जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त …

पुरा पढ्नुहॊस »

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

काठमाडौँ । एफवान सफ्ट ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रु ३० लाख जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । केही दिनअघि गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम ठुलो जनधनको क्षति भएको छ ।

पुरा पढ्नुहॊस »

उद्योग वाणिज्य महासंघले गर्‍यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ । महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो । जलवायु परिर्वतन ल्याउनका नेपालले भूमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले …

पुरा पढ्नुहॊस »

हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात, आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुप नियुक्त

काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो । निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ । हाइलाइफका उत्पादनहरू नेपालमा लोकप्रिय छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका उत्पादन …

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, अब खुद्रा पसलेले २० बोरा पाउने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्रीका लागि खुद्रा किराना पसललाई प्रदान गर्दै आएको चिनीको कोटा बढाएको छ । साल्ट ट्रेडिङले उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ ।

पुरा पढ्नुहॊस »

क्यान र मेरिना इम्पेक्सबीच सम्झौता, खेलाडीले मेरिनाको सुट पाउने

काठमाडौं । मेरिना इम्पेक्सले नेपालका क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो । मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको बताए । त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० …

पुरा पढ्नुहॊस »

विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’का किचन सामग्री नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’ले नेपालमा बिक्री वितरण सुरु भएको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रा.लिले बुधबारदेखि काफको औपचारिक बिक्री शुरूआत गरेको हो ।

पुरा पढ्नुहॊस »

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ । २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ । ग्लोबल आइएमई लघुवित्तको …

पुरा पढ्नुहॊस »