सोनामको सिजन सेल अफर, यी पहिरनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत १ देखि सुरु भएको कम्पनीले जनाएको छ ।

चैत १८ सम्म रहने सो अफरमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीको भनाइ छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्री आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शोरुम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस