आर्थिक

‘सिट्रोनको फेस्टिभ स्किम २०८०’ मा सिट्रोनका गाडीहरू बुकिङ गर्दा २५ लाख उपहार

काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ लाख रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृकृटीमन्डपमा हिजोदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सी ३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र …

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङ कर्पोरेशन ६२औँ वर्षमा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उपभोग्य वस्तु र रासायनिक मल लगायतको वस्तुको कारोबार गरिरहेको कर्पोरेशनको आज ६१औँ वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । ‘प्राकृतिक विपद्का अवस्थामा …

पुरा पढ्नुहॊस »

प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा

काठमाडौं ।  प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

पुरा पढ्नुहॊस »

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

काठमाडाैँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा सुरु भएको १५औँ संस्करणको अटो शो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो। अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र …

पुरा पढ्नुहॊस »

हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट योजनाअन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयूभी सार्वजनिक गरेकाे छ । नाडा अटो सो २०२३ को पहिलो दिन मंगलबार हुन्डाईले आफ्नो स्टल बि–५ बाट अर्थमन्त्री प्रकाशशरण महतमार्फत उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरेकाे हाे । हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख …

पुरा पढ्नुहॊस »

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, मूल्य कति ?

काठमाडौँ । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टीभीएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टीभीएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टीभीएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चमा बोल्दै टीभीएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, ‘टीभीएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल …

पुरा पढ्नुहॊस »

डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

काठमाडौँ । नेपाल डेल्टा अटोकर्प प्रा.लिले इटालियन पियाजियो गु्रपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ । नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक i –nvt इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ । आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ …

पुरा पढ्नुहॊस »

एलजीको नयाँ अफर सार्वजनिक

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले …

पुरा पढ्नुहॊस »