लिंकन युनिभर्सिटी कलेजको ‘दीक्षान्त समारोह २०२४’ वैशाख १५ मा हुने

काठमाडौँ । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपालको ‘दीक्षान्त समारोह २०२४’ हुने भएको छ । वैशाख १५ गते शनिवार (April 27, 2024)- गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा उक्त समारोह हुने भएको हो ।

कलेजका अनुसार मलेसियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १६०० विद्यार्थीले
दीक्षान्त समारोहमा भाग लिनेछन् । लिंकन युनिभर्सिटीको सम्बन्धनमा नेपालभर सञ्चालन ११ वटा शैक्षिक संस्थाहरूका छन् ।

लिंकन युनिभर्सिटी, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेसन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर
शिक्षामा ३२ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू
प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो ।

हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधिका संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक पाठ्यक्रमहरू अध्ययन अध्यापन गराउँदै आएको छ । लिंकन युनिभर्सिटीले विश्वभरि जस्तै नेपाल, पाकिस्तान, श्रीलङ्का, साउदी अरब, म्यानमार, मॉरिशस, नाइजेरिया, घाना, अस्ट्रेलिया, अमेरिका र अरू समेत विभिन्न देशमा विश्व सामूहिक उपस्थिति स्थापना गरेको छ।

दीक्षान्त समारोहमा सहभागि हुनका लागि विद्यार्थीहरूले निर्धारित गरिएको गुगल फर्म भरि पूरा गर्ने अनुरोध गरिएको छ, जुन चैत १ गते देखि चैत २० गते सम्म विद्यार्थीहरूले आफ्नो सम्बन्धित कलेजहरूबाट प्राप्त गरि आफनो सहभागिता दर्ता गर्न सक्ने जनाएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स
अफ नेपालका अध्यक्ष रेश्टा झाका अनुसार विश्वविद्यालयले हाल सम्म पाँच वटा दीक्षान्त समारोह सम्पन्न गरी ६०००
बढी बिद्यार्थीहरुलाई उपाधिद्वारा दीक्षित गरी सकेको र यस वर्षको दीक्षान्त समारोह मार्फत १६०० बढी विद्यार्थीहरू
उपाधिद्वारा दीक्षित हुन गइरहेको जानकारी गराए ।

विद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा शिक्षणसंस्थाका प्रतिनिधिहरू लगायतका ३००० बढी ब्यक्त्विहरु सम्मिलित यस दीक्षान्त समारोह २०२४ कार्यक्रम निजी शिक्षणसंस्थाहरुद्वारा गरिने एक उत्कृष्ट कार्यक्रम हुने कलेजले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस