आर्थिक

महजोडी हिमगिरी सोपको ‘ब्रान्ड एम्बेस्डर’

काठमाडौं । विराटनगरको हिमगिरी सोपले नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेस्डर तोकेको छ । कम्पनीले जनाएअनुसार महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर तोकिएको हो । निकै आक्रामक बजार विस्तार गरिरहेको हिमगिरीले धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु, मास्कलगायत उत्पादन गर्दै आएको छ । सरसफाइसम्बन्धी बस्तुको उत्पादनका लागि खोलिएको उद्योगमा उद्योगी महेश जाजू र प्रकाश मुन्दडाको लगानी छ । यसमा ३२ करोड रुपैयाँभन्दा बढी लगानी …

पुरा पढ्नुहॊस »

प्रमोकोड फोनपे डाइरेक्ट प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने

काठमाडौं । ललितपुर । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डाइरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ । यो अभियान २ …

पुरा पढ्नुहॊस »

युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभाबाट उनलाई साविकको नेतृत्वले अध्यक्षमा नियुक्त गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरू संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । …

पुरा पढ्नुहॊस »

आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १३ सय रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँले …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

‘माईडिशहोम’ एप पुन: लन्च गर्दै डिश मिडिया

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो माईडिशहोम एप पुन: सुरु गर्ने घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी गरेका हुन् । माईडिशहोम एप टिभी, इन्टरनेट र थप कुराहरूसहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूको …

पुरा पढ्नुहॊस »

ह्वात्तै घट्यो कीर्तिमान बनाएको सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन २ हजार रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ । कतारी रियलको खरिद दर घट्दा बिक्री दर बढेको छ । बिहीबारको तुलनामा शुक्रबार यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।

पुरा पढ्नुहॊस »

शेयर बजारमा उछाल, परिसूचक २४ सय विन्दुमाथि, १५ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ …

पुरा पढ्नुहॊस »

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने

काठमाडौँ । एनसेलले ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्नेछन् । वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ति, …

पुरा पढ्नुहॊस »