एनएनआइपिए अवार्डलाई केडिया ग्रुपको साथ

काठमाडौँ । एनएनआइपिए स्पोर्ट्स अवार्डको १८ औँ संस्करणले केडिया ग्रुपको साथ पाएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुँदै आएको अवार्डमा केडिया ग्रुप प्रायोजकको रूपमा भित्रिएको हो ।

यस संस्करणको अवार्ड आगामी चैत १२ गते ललितपुरमा हुँदैछ । खेलाडी संघले आगामी तीन वर्षका लागि केडिया ग्रुपको साथ पाएको छ । बिहीवार एक कार्यक्रमबिच केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र आयोजक एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष समान एक पुरुष र महिला सर्वोकृष्ट खेलाडीका लागि जनही एक लाख तथा अवार्ड व्यवस्थापनका लागि ५० हजार गरी दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गत वर्ष आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेललाई आधार मानी सम्बन्धित खेल संघको सिफारिसका आधारमा खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ ।

३६ खेलका उत्कृष्ट खेलाडीमध्येबाट समान एक पुरुष र महिला सर्वोत्कृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान र एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले १ लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी खेल पत्रकार र खेल व्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस