नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।
पुरा पढ्नुहॊस »टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक
धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात पारेकी छन् । धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सबाट गत चैत ३० गते स्कुटर खरिद गरेकी धनगढी उपमहानगरपालिका-८ मोतीचोककी ठगुन्नाले साप्ताहिक लक्की-ड्र मार्फत शतप्रतिशत क्यास ब्याक प्राप्त गर्न सफल भएकी हुन् । तीन लाख पाँच हजार ९०० रुपैयाँमा स्कुटर खरिद गरेकी उनले अहिले सो सबै पैसा फिर्ता पाएकी हुन् । उनले स्कुटर खरिद गर्दा पनि नगद छुट प्राप्त …
पुरा पढ्नुहॊस »रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा
काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन साेमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा …
पुरा पढ्नुहॊस »एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानी ल्याउने सम्झौता
काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो । कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, …
पुरा पढ्नुहॊस »सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ । यो फ्यान ११० …
पुरा पढ्नुहॊस »हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी रु साठ्ठी करोड रहेका छ । पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक …
पुरा पढ्नुहॊस »नयाँ व्यवसायीलाई सहयोग गर्न नेक्सजेन र लगानी हबबीच सहकार्य
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी गर्ने सम्झौता भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा आज आयोजित समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत जुटाउन आवश्यक रहेकाले त्यस्ता व्यवसायीलाई लगानी पुर्याउन लगानी हबले …
पुरा पढ्नुहॊस »नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन …
पुरा पढ्नुहॊस »फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय पुगेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी …
पुरा पढ्नुहॊस »