आर्थिक

देवः विकास बैंकको न्युरोड शाखा नयाँ भवनमा

काठमाडौं । देवः विकास बैंकको काठमाडौंको न्युरोड मा रहेको कार्यालय साविक भवन नजिकै रहेको नयाँ सडकको फ्रेस हाउस बिल्डिङमा संचालन गरिएको छ । शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोहबीच शुभारम्म गरेका छन्। उक्त उद्घाटन कार्यक्रममा विशेष मन्त्व्य दिँदै काठमाण्डौका महानगरपालिकाका शाक्यले महानगरको सर्वाङ्गीण विकासका लागि बैकिङ क्षेत्रले खेलेको भुमिकाको चर्चा गरेका छन् ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठस्थित वृक्षारोपण

काठमाडौं । प्रभु बैंकको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँ बायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ भन्ने नाराका साथ उक्त कार्यक्रकमको आयोजना गरिएको थियो  ।  वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए ।वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न …

पुरा पढ्नुहॊस »

नयाँ नोट रु पाँचको

काठमाडौं । नेपाल राष्ट्र बैंकले  ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ । हालको  नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा  छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ । त्यस्तै, सगरमाथाको चित्रमा हुम्लाको लिमि क्षेत्रको हिमाल र  याकहरुको सट्टामा वन्य याक राखिएको छ ।  

पुरा पढ्नुहॊस »

नविल बैंकका लगानी कर्तालाई लाभांश

काठमाडौं ।नविल बैंकले लगानी कर्तालाई ४८ प्रतिशत लाभांश घोषणा गरेको छ । भदौं ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

ललितपुर फाइनान्सले निक्षेप फिर्ता लिन बोलायो

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ । वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले ०७१ पुसमा ललितपुरलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाएको थियो । तर फाइनान्स अब सुधारको क्रममा रहेको छ । ललितपुर लगायत वित्तीय अनुसाशन पालना नगरेका ९ वित्तीय संस्था समस्याग्रस्त रहेका छन् …

पुरा पढ्नुहॊस »

मेगा बैंकको हकप्रद भदौं २७ बाट

काठमाडौं । मेगा बैंकले भदौं २७ गतेबाट १० बराबर ६.५ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । बैंकले जारी गर्न लागेको हकप्रद बिक्री असोज ३० गतेसम्म खुला रहनेछ । गत माघ ६ गतेसम्ममा नेप्सेबाट सेयर किनेका र सेयर स्वामित्व रहेकाहरुले मात्र बैंकको सेयरमा लगानी गर्न पाउछन् । बैंकको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेनट बैंकिङ लिमिटेड र मेगा बैंकबाट सेयर भर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

बजाजको दसैं र तिहार योजना

काठमाडौं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले दशैं तिहारका लागि ‘६ नि शान’ योजना प्रस्तूत गरेको छ । यो योजना भदौ ५ गते देखि सुरु भएको छ । यो योजनाको अवधिभर खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्टि्रब्यूटरहरुबाट …

पुरा पढ्नुहॊस »

टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वकोअवसरमा एनटीसी अफर

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ। अफरअन्तर्गत जीएसएम प्रिपेड÷पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज ल्याएको हो। युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी ६० रुपैयाँको पाँच सय एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यस्तै डिस्काउन्टेड भ्वाइस डाटा प्याकेजअन्तर्गत एक सय …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा ४४ करोड

काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो । सेञ्चुरीले आव २०७२/७३ मा ४१ करोड नाफा कमाएको थियो । यो बैंकले ४२ अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा लगानी प्रवाह गर्दा ३ अर्ब ११ करोेड ब्याज आम्दानी र १ अर्ब ९८ करोड ब्याज खर्च …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको ‘मेरो शेयर खाता’ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् । बैंकका अनुसार ‘मेरो शेयर खाता’ बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । बैंकले ‘मेरो शेयर खाता’ मा निःशुल्क अनलाइन आश्बा एप्लिकेशन, निःशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन एप्लिकेशन र …

पुरा पढ्नुहॊस »