बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र वितेजा ग्राहक सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले विजेता सार्वजनिक गरेको हो । साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजनाअन्तर्गत ११ जना विजेता ग्राहकले ‘यूईएफए युरो २०२४’ लाइभ हेर्न पाउने योजना ल्याएको थियो ।

गत फेब्रुअरीदेखि मे ५ सम्म बीवाईडीको गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकमध्ये ११ जनाले लक्की ड्र अथवा चिठ्ठामार्फत् यो अफर जितेका हुन् । कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले चिठ्ठा निकालेका थिए । दुई बक्सामा करिब ८०० ग्राहकको नामसहितको चिठ्ठामध्ये ११ जना छानिएका हुन् ।

विजेताहरूमा श्याम सुन्दर श्रेष्ठ ०७४, विजेयन्द्र शाक्य ०८८, दिनेश पाथ ०२६, शास्वत गौतम ४०७, कपिल राज श्रेष्ठ ३७३, डा. ममता क्षेत्री÷डा जगदीश तिमलसिना ६५३, सजनी पाण्डे २००, गणेश कँडेल ६६२, निर्मल गुरुङ १६२, प्रदीप पौडेल २२२ र जयप्रकाश दास ६९१ रहेका छन् । नामसँगै पछाडि रहेको नम्बरका आधारमा ग्राहकले विजेता आफू हो भनेर थाहा पाउन सक्छन् ।

यी विजेता बीवाईडीका ग्राहकले जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुने यूईएफए युरोकप २०२४ का खेलहरू त्यहीँ गएर हेर्न पाउने भएका हुन् ।

विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर समेत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस