आर्थिक

प्रभु बैंकको शाखा रौताहटको परोहामा

काठमाडौं ।  प्रभु बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा य सञ्चालनमा ल्याएको छ । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मो.शेख वकिलज्ले एक समारोहका बीच समुद्घाटन गरे ।                             शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका …

पुरा पढ्नुहॊस »

डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन भएको छ । संचालक समितिको बैठकले अध्यक्षमा  हेमराज ढकाल नियुक्त भएका छन् भने संचालक सुदिप आचार्यलाई प्रबन्ध संचालकमा चयन गरेको छ ।   अध्यक्षमा चयन भएका ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् ।     …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।                 ]     सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं ।   कुमारी बैंक लिमिटेड नारायणगढ शाखाको आयोजनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “शिशु कल्याण आधारभूत विद्यालय” माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।                   उक्त विद्यालयका अध्यक्ष  चुडामणी अधिकारीको अध्यक्षतामा कुमारी बैंक लिमिटेड नारायणगढ शाखाका प्रमुख भुपेन्द्र खड्काले सो विद्यालयका सम्पूर्ण बालबालिकाहरुलाई स्कुल झोला लगायत अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा सोलार बत्ति र सीसी क्यामरा हस्तान्तरण

काठमाडौं ।  एनआईसी एशिया बैंकले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ति र सीसी टीभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उक्त सोलार बत्ति र सीसी टीभी क्यामरा हस्तान्तरण गरिएको हो ।

पुरा पढ्नुहॊस »

साउदीमा फौरी आइएमई उमङ्ग स्किम सार्वजनिक साउदीबाट आइएमई गर्दा हवाई टिकटसम्म निशुल्क

काठमाडौं  । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुनेछ । यो योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक÷एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ …

पुरा पढ्नुहॊस »

पोखरिया नगरपालिकाद्वारा पोषाक तथा शैक्षिक सामग्री वितरण

वीरगंज ।पोखरिया नगरपालिका कार्यालयले दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रमको उदघाटन गरेको छ । श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयका पोखरियाका ३ सय ३२ दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई स्कुल ब्याग, पोषाक तथा अन्य शैक्षिक सामग्रीहरु वितरण गरि आज उक्त कार्यक्रमको उदघाटन गरिएको हो । विद्यालयका प्रधानाध्यापक व्यास महतोको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा छात्रछात्राहरुलाई प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार, उप-प्रमुख …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबीच स्वास्थ सेवा शुल्कमा छुट

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।                   सम्झौता पश्चात ओम डेभलपमेन्ट बैंकका कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा सेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ सेवा शुल्कमा छुट …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »