काठमाडौं। एचएच बजाजले सुविधा सहितको शोरुम,“एन के मोटोर्स“ भरतपुर चितवनको हाकिम चोकमा संचालनमा ल्यायो । एचएच बजाज आफ्ना सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ छ । नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु प्रदान ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।
एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम “एन के मोटर्स“, चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ ।
एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । योगेन गुरुङ, हंशराजहुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेरले व्यक्त गरेका छन् “नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको छ ।
ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।
एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदानगर्न प्रतिबद्ध छन् । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
प्रतिकृया दिनुहॊस