ग्लोबल बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता भएको छ । सम्झौताअनुसार, बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने भएका छन् ।

पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले सुविधा प्राप्त गर्नसक्ने जनाइइएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले सम्झौता गरेको हो ।

सम्झौतापत्रमा ल्याबका अध्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । बैंकका १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस