सेयर बजार : दोहोरो अङ्कले घट्यो, लगानीकर्ता चिन्तित

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्य ओरालो लागेको छ । केही अंकले बढेर दोहोरो अंकले ‌‌ओरालो लागिरहेपछि सेयर बजारका लगानीकर्ता भने निराश भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ ।

आइतबार जस्तै सोमबार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ । कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता सेयर रु ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो ।

उत्पादन उपसमूहको सेयर मूल्यमा वृद्धि भएपनि अन्य सेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि सेयर कारोबार भएन । बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस