आर्थिक

दसैँ तिहारमा यी दिन बैंकहरु बन्द रहने

काठमाडाैं । यस पटक दसैँमा बैंकहरु पाँच दिन बन्द रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असोज ३० गतेदेखि कात्तिक तीन गतेसम्म अर्थात फूलपातिदेखि एकादशीका दिनसम्म बैंकहरु बन्द रहनेछन् । अघिल्लो वर्षभन्दा यस पटक तीन दिनको विदा घटेको हो । अघिल्लो दसैँमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन समेत बैंकहरु बन्द रहने गरेका थिए । त्यस्तै तिहारमा कात्तिक २१ गते (लक्ष्मीपूजा) २२ गते (गोवद्र्धन पूजा) र २३ गते (भाइटिका)का दिन बन्द हुनेछन् …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डले प्रदेश शाखा विस्तार गर्ने

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ । नेपाल  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिए । चालु आर्थिक वर्षभित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना छ । बोर्डले पूँजीबजारसम्बन्धि पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा पनि संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा पोखरा, पर्सा र विरगंज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने श्रीपुर शाखाको समुद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गर्नुभएको थियो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने, सञ्चालक  श्याम …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको चिपबेस्ड भिसा डेविट कार्ड, वार्षिकोत्सवको अवसरमा निःशूल्क वितरण

काठमाडौं । नेपाल बैंक लिमिटेडले  आफ्नो ८२औँ वार्षिकोत्सवका उपलक्षमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड भिसा डेविट कार्ड संचालनमा ल्याएको छ । असोज १५ गतेबाट संचालनमा ल्याईएको यो कार्ड बैंकको ८२ औँ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ ।  यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस) मेसिनबाट भुक्तानी लिन र दिन सकिने  छन् । बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटलबीच सम्झौता

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी र बयोधा हस्पिटल बल्खुबीच नगद सेवा सम्बन्धि सम्झौता  भएको छ।  उक्त सम्झौतापत्रमा  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य  र  हस्पिटलका तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरे । सम्झौताअनुसार  अब  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले बयोधाह स्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमालेखको सीमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन्। 

पुरा पढ्नुहॊस »

सुनको भाउ आकाशियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बन्दीपुरवासीका लागि केबलकार कम्पनीको शेयर

तनहुँ । बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए ।  कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको …

पुरा पढ्नुहॊस »

सुविसुले ल्यायो दशैं लक्षित ‘सुविसु शुभ अफर’

काठमाडाैं । सुविसुले दशैं लक्षित ‘सुविसु शुभ अफर’ प्रस्तुत गरेको छ । अफरमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभीमा फरक अफर रहने जनाइएको छ । क्लियर टिभिमा १५ सय रुपैयाँ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा साथै, सेट टप बक्स र जडान सेवा दिइने छ । इन्टरनेट सेवा अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै माेडियम र जडान २ हजार रुपैयाँ–(कर सहित) मा दिइने छ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले माछापुच्छ्रेका कर्मचारीको कार्यक्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नेछ । उक्त सम्झौता एक वर्षसम्मको लागि भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकका देशभरि ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता, केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट!

काठमाडाैं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार, ग्लोबल बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिदगर्दा २० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । चन्द्रागिरि बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत दिन सम्झौता गरेको बैंकले जनाएको …

पुरा पढ्नुहॊस »