आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुनको भाउ पनि स्थिर नै रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन । यस दिन तोलाको …

पुरा पढ्नुहॊस »

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सबाट हुने भएको छ । बुधबारदेखि जेठ ९ गतेसम्म हुँदै छ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोट्र्स एचडी वान च्यानलबाट गर्नेे भएको हो । उक्त सम्झौतामा प्याराडाइम ग्रुपकोतर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कको तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । प्रतियोगितामा प्लस टू र …

पुरा पढ्नुहॊस »

सनराइज होल्डिङ्स प्रा.लि. लाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौँ । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाडौं स्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रम बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक …

पुरा पढ्नुहॊस »

आधुनिक किचनका लागि माइडिया वाइफाइ रेफ्रिजेरेटर

काठमाडौं । अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमस्मार्टहोम एपमार्फत वाइफाइ कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा छ। अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर …

पुरा पढ्नुहॊस »

पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौँ । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको सुविधा थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । नयाँ सेवा सुरु भएसँगै पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ । कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक …

पुरा पढ्नुहॊस »

टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै डिशहोम

काठमाडौँ । २०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचार-प्रसार गर्ने भएको छ । आउँदो टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्न लागिएको हो । यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डे भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, …

पुरा पढ्नुहॊस »

नोटमा नयाँ नक्सा छाप्ने निर्णयले समस्या निम्त्याउने चिन्ता

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गर्‍यो । ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटमा १०० रुपैयाँ दरको नोटमा मात्रै नेपालको नक्सा अंकित छ । राष्ट्र बैंकले कुनै पनि नोटको साइज र …

पुरा पढ्नुहॊस »

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । यूकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औँ स्थानमा परेको हो । केही समयअघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । …

पुरा पढ्नुहॊस »

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, चालक र यात्रुको बीमा गरिने

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन् ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’ उनले भनिन् । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग …

पुरा पढ्नुहॊस »