आर्थिक

नेपालमा लगानी गर्न सार्क देशका लगानीकर्ताहरुलाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताएका हुन् । नेपाल उद्योग …

पुरा पढ्नुहॊस »

एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरली प्रसाद लम्साल नियुक्त भएका छन् । संस्थाको ८२औँ संचालक समितिले बसेको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने  छन् ।

पुरा पढ्नुहॊस »

३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत

काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए। विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य …

पुरा पढ्नुहॊस »

पर्यटन विकासको ६३ लाख रुपैयाँ मदिरा सेवन र मासुभातमा स्वाहा

धरान । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । पर्यटनमा विनियोजन गरेको रकमबाट …

पुरा पढ्नुहॊस »

सेनामा भ्रष्टाचारको खेल अढाई अर्बमा पाइने प्लान्ट किन्न ठेकेदारको मिलेमतोमा चार अर्ब खर्च

काठमाडौं । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ । विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट …

पुरा पढ्नुहॊस »

सानिमा माईको खुद नाफा ५.०३% बढ्दा विद्युत बिक्रीबाट कति भयो आम्दानी ?

काठमाडौं ।  सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा ५.०३% धेरै हो । गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो । सानिमाले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष …

पुरा पढ्नुहॊस »

महिन्द्राको युभो ट्याक्टर बजारमा

भैरहवा । महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा आएको छ । भैरहवामा एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआइ र २७५ डिआइ ओआइबी ट्याक्टर लन्च भएका छन् । पश्चिम क्षेत्रको आधिकारीक विक्रेता अम्बुमार्केटिङद्वारा उक्त ट्याक्टरहरु लन्च गरिएको हो । भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा विक्रि भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्याक्टर सफल भएको अम्बुमार्केटिङका प्रमुख पर्सुराम पराजुलीले बताए। महिन्द्रा कम्पनीको ट्याक्टर पहाडमा …

पुरा पढ्नुहॊस »

कोका–कोला र आईसीसीबीच साझेदारी

काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पिय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ । कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गरेको हो । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्व कप …

पुरा पढ्नुहॊस »

सापोर्ट माइक्रोफाइनान्सको नाफा ६८ प्रतिशतले बढ्यो

काठमाडाैँ । ६ करोड रुपैयाँ चुक्तापूँजी रहेको सपोेर्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ७ लाख १८ हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६८ दशमलव १४ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा ४ लाख २७ हजार रुपैयाँ रहेको थियोे । माइक्रोफाइनान्सले जगेडा कोषमा वृद्धि गर्दै ४१ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक …

पुरा पढ्नुहॊस »

सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा किन आएन सुधार ? 

काठमाडौँ। सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा सुधार देखिएको छैन । सरकारले मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि आवश्यक सुझाब दिन डेपुट गभर्नरको नेतृत्वमा कार्यदल गठन गरेर शेयर बजारसँग सम्बन्धित कार्यदलको सुझाब राष्ट्र बैंकले हुबहु कार्यान्वयनमा समेत ल्याइसकेको छ। धितोपत्र बोर्डले पनि आफ्नो कार्यक्षेत्रभित्र पर्ने सुझाबहरु कार्यान्वयनमा ल्याइसकेको छ। तर पनि बजारमा सुधार देखिएको छैन। बजार विश्लेषकका रुपमा चिनिएका डा. मनोहरकृष्ण श्रेष्ठका अनुसार सरकार र नियामक …

पुरा पढ्नुहॊस »