आर्थिक

४५ जिल्लामा स्मार्ट टेलिकमको फोरजी र टुजी सेवा

काठमाडाैँ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो सेवा ४५ जिल्लाहरुमा विस्तार गरेको छ । कम्पनीले १९ जिल्लामा फोरजी सेवा तथा २६ जिल्लामा टुजी सेवा विस्तार गरेको जानकारी दिएको हो। स्मार्ट टेलिकमको फोरजी सेवा हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कञ्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिरहा, मोरङ्ग, झापा तथा सुनसरीमा पुगिसकेको छ। १० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवालाई ग्राहकले अत्यन्त रुचाएको कम्पनीले दाबी गरेको छ। कम्पनीले …

पुरा पढ्नुहॊस »

हुन्डाइको नयाँ स्यान्ट्रो कार नेपाली बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । विभिन्न कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो  म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ …

पुरा पढ्नुहॊस »

सुनको भाउ बढ्यो, तोलमा कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।  यसअघि शुक्रबार सुनको भाउ तोलामा …

पुरा पढ्नुहॊस »

ऋण किन लिने ? फाइदा र बेफाइदा यस्ता छन्

काठमाडौँ । ऋणको उपयोगिता त्यतिखेर सिद्ध हुन्छ जतिखेर तपाईं त्यसलाई सहज तरिकाले चुकाउन सक्नुहुन्छ । अन्यथा, ऋणको भारमा थिचिएर उठ्नै गाह्रो पर्छ भने त्यसले तपाईंलाई निकै दुःख दिन पनि सक्छ । यसकारण पनि ऋण लिँदा त्यसलाई चुक्ता गर्ने मिति, समयअगावै चुक्ता गर्न पाइन्छ कि पाइँदैनजस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ । हाम्रा कतिपय बैङ्कहरु ऋण लिएको वर्ष दिनसम्म सावाँब्याज भुक्तानी गर्न नपाइने नीति बोकेर बसेका छन् । यसलाई ग्राहकमैत्री नीति …

पुरा पढ्नुहॊस »

मार्च ८ मा सामसुङ ग्यालेक्सी एस १० आउने

कठमाडाैँ । दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ । अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च …

पुरा पढ्नुहॊस »

शिवम् सिमेन्टको आइपीओ सोमबारदेखि खुल्दै, प्रतिकित्ता ३०० रुपैयाँमा भर्न सकिने

काठमाडौं । शिवम् सिमेन्टले सोमबार (फागुन ६ गते) देखि ९ गतेसम्म सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री गर्दैछ । सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता …

पुरा पढ्नुहॊस »

साताभर १ करोड ६२ लाख कित्ता सेयर सूचीकृत हुँदा नेप्सेमा अरु के–के भयो ?

काठमाडौं । सेयर बजार साढे २ वर्ष यता निरन्तर जसो ओरालो लागिरहेको छ । बेलाबखत सानातिना बाउन्स ब्याक देखापरे पनि यसले आम लगानीकर्ताको नोक्सानी पूर्ति गर्न सकेको छैन । यस्ता बाउन्स ब्याकमा विशेषगरी अल्पकालीन कारोबारीले मात्र लाभ लिइरहेको देखिन्छ । यही क्रम यस साता पनि जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता सेयर बजार सूचक नेप्से २६.७ अंकले घटेको छ । गत साता बिहीबार ११३९.५७ विन्दुमा रहेको सूचक …

पुरा पढ्नुहॊस »

नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

काठमाडौं । नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी शुक्रबार नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षाको न्यूनतम मापदण्डलाई ख्याल गरिदिन आग्रह गरेका हुन् । सो भेटका क्रममा उनीहरुले हालको …

पुरा पढ्नुहॊस »

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

काठमाडाैँ । नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको …

पुरा पढ्नुहॊस »

निरन्तर बजार ओरालो लाग्दा सेयर लगानीकर्ता अप्ठयारोमा, १ वर्षमा गुम्यो २ खर्ब ३५ अर्ब रुपैयाँ

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको …

पुरा पढ्नुहॊस »
This will auto close after