हुन्डाइको नयाँ स्यान्ट्रो कार नेपाली बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो कार नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

विभिन्न कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो  म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ हजार र स्पोट्र्ज आस्टाको मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः  भित्रिएको छ । नयाँ स्यान्ट्रोमा १०८६ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन छ, जसले ६९ पीएस पावर र ९९ एनएमको टर्क प्रदान गर्नेछ ।

नयाँ स्यान्ट्रोले १.१ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस