४५ जिल्लामा स्मार्ट टेलिकमको फोरजी र टुजी सेवा

काठमाडाैँ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो सेवा ४५ जिल्लाहरुमा विस्तार गरेको छ । कम्पनीले १९ जिल्लामा फोरजी सेवा तथा २६ जिल्लामा टुजी सेवा विस्तार गरेको जानकारी दिएको हो।

स्मार्ट टेलिकमको फोरजी सेवा हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कञ्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिरहा, मोरङ्ग, झापा तथा सुनसरीमा पुगिसकेको छ।

१० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवालाई ग्राहकले अत्यन्त रुचाएको कम्पनीले दाबी गरेको छ। कम्पनीले आफ्नो सेवा द्रुतगतिको रहेको दाबी गर्दै डाटा सेवाको लागि ‘फोरजी एलटीई’ प्रविधियुक्त सेवा प्रदान गरेको जनाएको छ।

नेपालका ग्रामीण भेगहरुमा पनि सञ्जाल विस्तार गरिरहेको कम्पनीको भनाइ छ। हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगरलगायत देशका आधिकांश प्रमुख सहरहरुमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ ।

स्मार्ट टेलिकम सन् २००८ जुलाई १ मा स्थापना भएको कम्पनी हो भने यसले सन् २०१३ मा एकीकृत इजाजत समेत प्राप्त गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस