साताभर १ करोड ६२ लाख कित्ता सेयर सूचीकृत हुँदा नेप्सेमा अरु के–के भयो ?

काठमाडौं । सेयर बजार साढे २ वर्ष यता निरन्तर जसो ओरालो लागिरहेको छ । बेलाबखत सानातिना बाउन्स ब्याक देखापरे पनि यसले आम लगानीकर्ताको नोक्सानी पूर्ति गर्न सकेको छैन । यस्ता बाउन्स ब्याकमा विशेषगरी अल्पकालीन कारोबारीले मात्र लाभ लिइरहेको देखिन्छ । यही क्रम यस साता पनि जारी छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता सेयर बजार सूचक नेप्से २६.७ अंकले घटेको छ । गत साता बिहीबार ११३९.५७ विन्दुमा रहेको सूचक यो साताको बिहीबार बजार बन्द हुँदा १११२.८७ अंकमा आइपुगेको हो । यसबाट बजारले क्रमशः तल्लो रेखा तय गरिरहेको संकेत गर्छ ।

साढे ३ वर्ष अघिको विन्दुमा नेप्से आइसकेकाले कतिपय नयाँ लगानीकर्ता हतोत्साही हुने क्रममा पुगेका छन् । विशेष गरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गरेकाहरुलाई बढी मर्का परेको छ । उनीहरुलाई निरन्तर बजार घट्दा मार्जिन कलको त्रास हुन्छ । चर्को ब्याज तिर्दा धेरैलाई सास्ती भइरहेको हुन्छ ।

बजार बढ्ने आशमा बसेका लगानीकर्ता यस्तो बेला अलि अन्योलमा परेको पनि देखिन्छ । सरकारले अघि सारेको सुधारका कार्यक्रमले पनि बजारमा खासै प्रभाव परेको छैन । यस्तो बेला लगानीकर्ताले आफूसँग भएको सबै रकम एकै साथ लगानी गर्नुहुँदैन् ।
बजार घटे पनि लाभांशले सपोर्ट गर्न सक्ने कम्पनीमा मात्र लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । धैर्य गर्न सकेमा भविष्यमा अवश्य लाभ भने लिन सकिनेछ । यही बेला बजारमा आपूर्ति थपिने क्रम जारी छ । नेप्सेका अनुसार यसै साता मात्र विभिन्न ५ कम्पनीको १ करोड ६२ लाख ७६ हजार २७६.६६ कित्ता सेयर सूचीकरण भएको छ ।

 कसको कति भयो सूचीकरण ?

सेयर सूचीकरण गराउनेमा एनसीसी बैंक, जानकी फाइनान्स, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, वेस्टर्न डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंक परेका छन् । एनसीसीको हकप्रद सेयर सूचीकरण भएको हो भने बाँकी सबैको बोनस सेयर सूचीकरण गरिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस