ऋण किन लिने ? फाइदा र बेफाइदा यस्ता छन्

काठमाडौँ । ऋणको उपयोगिता त्यतिखेर सिद्ध हुन्छ जतिखेर तपाईं त्यसलाई सहज तरिकाले चुकाउन सक्नुहुन्छ । अन्यथा, ऋणको भारमा थिचिएर उठ्नै गाह्रो पर्छ भने त्यसले तपाईंलाई निकै दुःख दिन पनि सक्छ । यसकारण पनि ऋण लिँदा त्यसलाई चुक्ता गर्ने मिति, समयअगावै चुक्ता गर्न पाइन्छ कि पाइँदैनजस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ । हाम्रा कतिपय बैङ्कहरु ऋण लिएको वर्ष दिनसम्म सावाँब्याज भुक्तानी गर्न नपाइने नीति बोकेर बसेका छन् । यसलाई ग्राहकमैत्री नीति मान्न सकिँदैन । यस्तो नीति परिवर्तन गर्नु सबैका निम्ति (बैङ्क–ग्राहक) लाभदायी हुन्छ ।

अर्कोतिर छोटो अवधिको ऋणमा ब्याजदर अलि बढी लगाउने गरिन्छ । यसले पनि ग्राहक मर्कामा पर्दै आएका छन् । जति बढी छोटो अवधिको ऋण दिन सकियो उति नै बैङ्कको कारोबार सङ्ख्या बढ्ने हो । यसका अतिरिक्त बैङ्क तथा वित्तीय संस्थाहरुले विभिन्न शीर्षकमा लिने शुल्कले पनि ऋणीलाई अप्ठेरोमा पार्दै आएको छ ।

नेपालमा ग्राहकलाई कुन किसिमको ऋण लिँदा बढी फाइदा हुन्छ भन्नेबारे जानकारी दिने वा चेतना जगाउने काम उल्लेखनीय ढङ्गमा हुन सकेको पाइँदैन । यस्ता विषयमा बैङ्कहरुले अनलाइनका माध्यमबाट जानकारी गराउनुपर्छ । कतिपय बैङ्कहरुले रकम झिकेको जानकारी मोबाइलमा दिन्छन् भने रकम जम्मा गरेको दिँदैनन् । यसले पनि ग्राहकलाई रनभुल्लमा पारेको छ । ग्राहकले मोबाइल बैङ्किङको सुविधा नै नलिएको भए रकम झिकेको जानकारी कसरी पायो ?

नेपालमा बढीमात्रामा ‘पर्सलन लोन’ चल्तीमा छ । अप्ठेरो पर्दा लिने भनेकै पर्सनल लोन हो । कतिपय बैङ्क तथा वित्तीय संस्थाहरुले खातामा भएको रकमभन्दा बढी यस्तो ऋण दिन पनि थालेका छन् । यसका लागि धितो भने आवश्यक पर्छ ।

पर्सनल लोन पनि विभिन्न प्रकारका हुन्छन् । हामीले त्यसको उचित चयन गर्न सकियो भने फाइदा पुग्छ । सबैभन्दा पहिला त हामीले ब्याजदर र हामी के कामका लागि त्यो ऋण लिँदैछौँ त्यसका बारेमा निश्चित हुनुपर्छ । तपाईंलाई एकदम चाँडो पैसा आवश्यक परेको छ भने बढी ब्याजदरको ऋण लिनुपर्ने हुन सक्छ । यसको विपरीत, केही दिन वा अलि पछि गरे पनि हुने कामका लागि ऋण लिन चाहेको हो भने कम ब्याजदर भएको लिनु बुद्धिमानी हुन्छ । तपाईं घर सजाउँदै हुनुहुन्छ, त्यसका निम्ति फर्निचर वा अन्य त्यस्तै सामग्री किन्नका लागि ऋण लिँदै हुनुहुन्छ भने कम ब्याजदरवाला लिनु राम्रो हुन्छ । किनकि, घर सजाउनु भनेको अत्यन्तै महत्वपूर्ण कार्य होइन ।

तपाईं सवारीसाधन किन्दै हुनुहुन्छ भने पनि सोचविचार गर्नु आवश्यक छ । कतिपय सवारीसाधन बिक्रेता तथा बैङ्क–वित्तीय संस्थाहरुले दसैँ–तिहार वा नयाँ वर्षमा छुटको व्यवस्था गरेका हुन्छन् । बैङ्कहरुले नयाँ प्रडक्ट ल्याउने क्रममा पनि यस्ताखाले ऋणमा कम ब्याज तोकेका हुन्छन् । यस्तो अवसरलाई पक्रन सक्दा पनि ब्याजदर कम पर्न जान्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस