अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने सरकारको तयारी

काठमाडौं । सरकारले आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ । कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न सो रणनीति लिएको हो ।

राजश्व धेरै उठ्ने गाडीको आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको छ । सरकारका प्रवक्ता तथा अर्थन्त्री डा युवराज खतिवडाका अनुसार सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ । कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय भएको उनले बताए ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले यो ऋण निर्ब्याजी हुने बताए । त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस