शे फोक्सुन्डोमा वल्र्डलिंकको निःशुल्क वाइफाइ

काठमाडौं । ‘सबैलाई जहाँपनि, जहिले पनि जोड्ने’ आफ्नो उद्देश्यलाई अनुसरण गर्दै वल्र्डलिंक कम्युनिकेशन्सले डोल्पाको शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सुरू गरेको जनाएको छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो ।

यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागिविश्व प्रसिद्ध छ । सो क्षेत्रमा निःशुल्क वाइफाइ सेवाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले संयुक्तरुपमा उद्घाटन गरे ।

“नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन” उदघाटन समारोहमा बोल्दै वल्र्डलिंक कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले भने, “गास बास कपाससँग आजको युगमा सूचना प्रविधिपनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौं ।”उनले उच्चगतिको इन्टरनेटका लागि वल्र्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको बताए । सरकारले पूर्वाधारको विकास विस्तार गरे आफूहरुले प्रविधिमा थप लगानी गर्ने उनको भनाइ छ ।

शे फोक्सुण्डोसम्म इन्टरनेट पु-याउन वल्र्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको उनले बताए । अध्यक्ष अग्रवालले फाइवर जडानको लागि योजना तयार गर्ने पनि बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस