सनराइज ब्लुचिप फण्ड स्किमका इकाइ बाँडफाँट, ३० लाख इकाइसम्म माग गर्ने सबैले पाए

काठमाडौं । सनराइज सामुहिक लगानी कोषअन्तर्गत संचालन हुने सनराइज ब्लुचिप फण्ड स्किमको बाँडफाँट भएको छ । प्रति इकाइ १० रुपैयाँ अंकित दरको १० करोड इकाई बाँडफाँट गरिएको हो। कम्पनीले चैत १ देखि ८ गतेसम्म बिक्रीमा राखेको थियो ।

निष्कासन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जना आवेदकहरुबाट जम्मा १२ करोड ३७ लाख ६४ हजार ५४० इकाइका लागि आस्वा/सी-आस्वामार्फत आवेदन प्राप्त भएको थियो ।

१०० कित्ता इकाइदेखि ३० लाख इकाइसम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम उपलब्ध गराइएको छ । उनीहरुले ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाइको दरले र एक करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २८ इकाईका दरले बाँडफाँट गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री