काठमाडौँ । विहिबार सुनको मुल्य बढेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले बढेर ८६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ४५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




