आर्थिक

नेप्से ३९.४० अंकले घट्यो

आइतबार शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ। आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि ९ शुक्रबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९६ हजार एक सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने …

पुरा पढ्नुहॊस »

नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब १५ करोड घाटा

काठमाडौँ । नेपाल आयल निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पुर्‍याएको हो । डिजेल र मट्टीतेलको मूल्य पनि तीन-तीन रुपैयाँकै दरले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर …

पुरा पढ्नुहॊस »

बैंकिङ पहुँच मनाङमा सबैभन्दा राम्रो

मनाङ । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् । काठमाडौं जिल्लामा भने २ हजार २४७ …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले गएराति राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्य बढेको छ । बढेको मुल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १२८ भएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि …

पुरा पढ्नुहॊस »

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क

फागुन ७ गते (शनिबार) मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ। सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ। नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । साथै, सोही अवसरमा भोलि फागुन ७ गते …

पुरा पढ्नुहॊस »

खल्तीबाट मेरो शेयरकाे नवीकरण सित्तैमा गर्न सकिने

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ। यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ। यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत् भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसमा अधिकतम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) देखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट विहिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज विहिबार नै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ …

पुरा पढ्नुहॊस »

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेकाे छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो। बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन थियो ।

पुरा पढ्नुहॊस »