आर्थिक

सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सयले बढेको हो । आज प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख १ हजार ९०० मा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ …

पुरा पढ्नुहॊस »

विदेश घुम्न जान ५ लाख बैंक ब्यालेन्स चाहिने व्यवस्था कति सान्दर्भिक ?

काठमाडौँ । भिजिट भिसामा विदेश जानेले न्यूनतम पाँच लाख बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ । मानव तस्करी बढेपछि सरकारले यससम्बन्धी नयाँ कार्यविधि बनाई यसमा कडाइ गर्न लागेको हो । भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण …

पुरा पढ्नुहॊस »

सार्वजनिक यातायातको भाडा आफै बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफै बढाउने सरकारलाई चेतावनी दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक-पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ । आइतबार महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य …

पुरा पढ्नुहॊस »

अब दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरि दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो। बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरि सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ।

पुरा पढ्नुहॊस »

नेप्सेमा ३ दशमलव ६६ अंकको गिरावट

कारोबार हुने साताको पहिलो दिन (आइतबार) शेयर बजारमा झिनो अंकको गिरावट आएको छ। गत हप्ता बुधबार ६३ दशमलव ९८ अंकले घटेको बजार आज कारोबार खुल्दा केही बढे पनि अन्तिममा ३ दशमलव ६६ अंकले घटेर २ हजार ५४३ बिन्दुमा झरेको हो। आइतबार २३० वटा धितोपत्रको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एकै दिन दुई हजारले बढ्याे, ताेलामा एक लाख बढीमा काराेबार हुँदै

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ। चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

अस्थिर नीतिका कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेनः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन्। “मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ । हामीकहाँ छोटो छोटो समयमा नीतिहरु परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरु लाग्ने गरेको देखिन्छ। यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,” उनले भने। शनिबार …

पुरा पढ्नुहॊस »

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताए । …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलाको ९०० ले बढ्यो

काठमाडौँ । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले शुरु गर्‍यो फोन लोन सुविधा

काठमाडौँ । प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज देखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाख सम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् । यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था …

पुरा पढ्नुहॊस »