आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि ९ शुक्रबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९६ हजार एक सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १३०५ ले कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री