नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब १५ करोड घाटा

काठमाडौँ । नेपाल आयल निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पुर्‍याएको हो ।

डिजेल र मट्टीतेलको मूल्य पनि तीन-तीन रुपैयाँकै दरले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर खरिद मूल्य पनि बढेका कारण नेपाली बजारमा मूल्यवृद्धि गर्नुपरेको आयल निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले बताए । ‘हामीलाई जुन मूल्य बढेर आएको छ, त्यो दरमा हामीले अझै बढाएका छैनौँ । जसकारण हामी अझै पनि नोक्सानीमै छौँ,’ उनले भने ।

मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा दुई अर्ब १५ करोड रुपैयाँ नोक्सान हुने उनको भनाई छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढ्दा त्यसको असर नेपाली बजारमा पर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस