नेप्से ३९.४० अंकले घट्यो

आइतबार शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ।

आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आइतबार १३ वटा समूहमध्ये अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको २ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । आइतबार युनाईटेड इदी मर्दी एण्ड आर.वि.हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस